सहबान अन्सारी/ नवलपरासी,२९ कार्तिक नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक जना भारतिय नागरिक पक्राउ परेका छन । शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा स्थित देश भारत जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्यलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अभियुक्तको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले हत्या गरेको मौखीक बयान बाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई सम्मानित अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यहि कार्तिक ९ गते सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही पश्चिम टाँडी स्थित बस्ने ७२ बर्षिय पुजारी मुहँगु केवट मृत अवस्थामा भेटिएका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।