राजन कुमार बानिया
पर्सा ८ कार्तिक
पर्साको पोखरिया नगरपालिकाको पाँचौ नगरसभाको दोस्रो बैठक समपन भएको छ । पोखरिया नगरपालिकाको सभा हलमा अाज भएको नगर सभा कार्यक्रमलाई पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले कार्यक्रमलाई उदघाटन गर्नु भएको थियोे । नगर सभा कार्यक्रम लाई संबोधन गर्दै भने जनता हरु , जनप्रतिनिधि र कर्मचारीहरूको सहयोगले ४ वर्ष बिताए र ५ वर्षको अन्तिम बजेट
राजनितिक खिचा तानी र बिबाद का बावजुद पनि सबै समस्या लाई झेलदै बिकास निर्माण लगायत शिक्षा ,स्वास्थ्य ,कृषि , बालबालिका र पर्यटन लगायतको काम भएको छ। पोखरिया नगरपालिकाको बिकासमा समस्या भएपनी संघर्ष गरि नगरपालिकाका जनप्रतिनिधिहरु अगाडि बढेका छन। जनता हरु
जनप्रतिनिधि र कर्मचारीहरु बिच अाउदो दिनमा समन्वय गरि अगाडि बढाउने बताउनु भयो । जनप्रतिनिधिहरुले गरेको बिकास निर्माण लगायत कार्य हरु लाई जनता हरु ले अवस्य मुल्यांकन गरिने हो यश अार्थिक वर्षको समेत बिकास निर्माणको काम ईमानदारी पुर्वक गरि जनताहरुमा पहिचान बनाउन अाग्रह समेत गर्नु भएको हो। हामी जनप्रतिनिधिहरुको अन्तिम बजेट र अन्तिम अवधी समेत रहेको र सबै जनप्रतिनिधिहरु र कर्माचारीहरु लाई धन्यवाद समेत दिनु भएको हो ।
। नगर सभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ५० करोड ६२ लाख १९ हजार २ सय ६७ रुपैयाँको बजेट नगर सभा कार्यक्रममा प्रस्तुत उप मेयर सलमा खातुन ले प्रस्तुत गरनु भएको थियोे ।
अाज भएको नगरसभामा बाट अान्तरिक स्रोत ९ करोड ३१ लाख। समानिकरण अनुदान ११ करोड ७५ लाख ।ससर्त अनुदान १९ करोड८९ लाख।राजस्व बाँडफाड बाट ७ करोड १७ लाख।प्रदेश सरकार बाटफसमानिकरण अनुदान ८० लाख ४४ हजार।सशर्त ८० लाख ।विशेष अनुदान ३० लाख ,समपुर्क २० लाख र राजस्व बाँडफाड ४० लाख ५२ हजार गरि ५० करोड ६२ लाखको बजेट प्रस्तुत गरिएको हो । नगर सभा कार्यक्रममा पहिलो प्राथमिकतामा रहेको बालिका स्वर्ण बिमा नेपालको पहिलो पोखरिया नगरपालिकाले लागू गरेकोमा अाज पनि बालिकाहरुको लागि बिमाको निरन्तर्ता दिएका छन। स्वास्थ्य ,शिक्षा,कृषि ,पशु ,पर्यटन,भौतिक पुर्वधार बिकासमा विशेष जोड नगर प्रमुख रौनियारले दिए । कार्यक्रम नगरप्रमुख दिपनारायण रौनियारको अध्यक्ष्ातामा समपन भएको थियो।
नगर सभा कार्यक्रममा नगर उपप्रमुख सलमा खातुन, नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत असोक कोईराला,
वार्डअधयक्ष बंका राउत कुर्मी,सुरेन्द्र यादव,अजय कुमार गुप्ता ,लक्षमण साह कानु,उमाकान्त साह,शियानन्द चौहान,नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान,सोनालाल साह गोढ, नगरकार्यपालिकाका सदस्य, नगर सदस्य अधिकृत बिजय झा,स्वास्थ्य संयोजक कौसलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे ,अाईटी अौफिसर अरबिन्द दुबेदी,संदिप साह,राजु रौनियार, कर्मचारीहरु, पत्रकार, लगायतको सहभागिता रहेको थियो। कार्यक्रम मा स्वागत मन्तब्य प्रमुख प्रसासकिय अधिकृत असोक कोईरालाले गरेका थिए भने
कार्यक्रम नगरपालिकाको सह लेखापाल मनोज तिवारीले संचालन गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

