उत्तमकुमार थापा
थलारा गाउँपालीकाकाे वडा नम्बर ४ डिख्लामा राहत वितरण गरिएको छ ।
विगत लामाे समय देखि परेको अविरल बर्षाकाे कारण आएको बाढीले गर्दा ठुलाे धनजनको क्षेति भएको भन्दै नेकपा एकीकृत समाजवादी आवद्ध युवासँघका सँयाेजक झलक धामी र अखिलका सँयाेजक विशाल धामीकाे नेतृत्वमा आज १ लाख २० हजारकाे राहत वितरण गरिएको छ ।
आज झाेता देखि खच्चरमा राहत सामाग्री बाेक्दै बितरण गरेकाे नेता विशाल धामीले बताए । उनले भने २५ जना परिवारलाई १६ बलाङ्केट १५ बाेरा चामल १३५ केजी दाल ५० कट्टा आटाे वितरण गरेकाे हाे । त्यसै गरि समाजसेवी अक्कल बाेहराले ३० हजार नगद सहित ९ बलाङ्केट भैरव मावीका विव्यस अध्यक्षकाे नेतृत्वमा १२ हजार २ सय नगद हस्तान्तरण गरिएको धामीले बताउनु भयाे । भाेली खप्तड छान्नामा गरिने उहाको भनाइ छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

