Rashtriya Dainik

नेकपा एमाले सियारी -५ वडा कमिटीको अध्यक्षमा थमन बहादुर पौडेल सर्वसम्मत निर्वाचित

तुलसीराम पौडेल ——
सियारी, कार्तिक ७न

नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले सियारी -५ को वडा कमिटी अध्यक्षमा थमन बहादुर पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि वडा कमिटी उपाध्यक्षमा तिला पराजुली ,सचिव तेजप्रसाद खरेल ,सह सचीवमा कृष्ण मोहन यादव र सन्तोष भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ। वडा कमिटीका सदस्यहरुमा नुहमान थारू ,सुर्य बहादुर लोध,हुमा राना,लक्ष्मण पराजुली ,प्रेम अधिकारी,कृष्ण गिरी ,विद्या थारु,करण चौधरी ,सन्त बहादुर पौडेल ,नर बहादुर थापा ,जितनारायण कुमाल ,मालती थारु ,शुष्मा भण्डारी (खरेल ) ,सीता भट्टराई ,गङ्गा सागर थारु,गिता चमार,कृष्ण मान श्रेष्ठ ,लिलाधर कुवर,तेज बहादुर केसी ,गुन्ज बहादुर राजकोटी ,अनिता पोख्रेल ,गोविन्द पराजुली ,गोरख थारू ,कमला कंडेल ,गोपाल पोख्रेल र राधा पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

प्रेम कुमार पोख्रेलको अध्यक्षता, जिल्ला कमिटी सल्लाहकार झपेन्द्रराज अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन थमन बहादुर पौडेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित