उत्तमकुमार थापा बझाङ
विगत ३ दिन देखि चलेको अविरल बर्षाकाे कारण डिख्लामा ठुलाे क्षेति भएको छ ।
थलारा गाउँपालीका वडा नम्बर ४ डिख्लामा माथिवाट आएकाे पहिराले ७ घर पुर्णरुपमा क्षेति गरेको थियाे भने,२३ जना बेपत्ता पारेको थियाे । ठुलाे क्षेति पुर्याएकाे पछिल्लो दिन जिल्ला स्वास्थ्य कार्यालय बझाङले पिडितलाई बस्न खान र अाेड्नकाे लागि कुनै कपडा नभएको भन्दै,घर सहित आफन्त गुमाएका २ परिवारलाई जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जाेशीले र सविधानसभा सदस्य लालबहादुर रावलले कम्मल बितरण गर्नु भएको हाे
कम्मल वितरण गर्दै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जाेशीले भने ,विपत्तिकाे समयमा सबैले ज्युज्यान बचाउनु पर्छ ,र तपाईं हामी सबै बाच्नु पर्छ भन्दै मृतकलाई शर्दाञ्जली दिदै पिडितलाई सहयाेग गर्नुभएको थियाे भने ,जिल्ला अस्पताल बझाङकाे टाेली अाैषधि सहित उपचारका लागि निरन्तर डिख्लामा खटिएको थियाे । त्यसै दैवीप्रकोप बझाङले पनि विभिन्न राहत सामाग्री हस्तान्तरण गरेकाे थियाे उद्वारका लगि सुरक्षाकर्मीका ३ बटै निकाय आर्मीकाे हेलिकप्टर मार्फत उद्वार गर्न घटना स्थलमा छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

