तुलसी राम पौडेल
सियारी,कार्तिक ७
नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले सियारी -३ वडा कमिटीको अध्यक्षमा बिष्णु यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि वडाको उपाध्यक्षमा गोपाल न्यौपाने शर्मा ,सचीवमा राम बहादुर धवल ,सह सचीवमा फुल कुमारी केवट र रोशन प्रसाद चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।वडा कमिटीको सदस्यहरुमा सोमनाथ यादव ,प्रेम थारू ,रमइ थारु ,परशुराम थारू ,घनश्याम थारु ,शिव कुमारी केवट ,राम अचल लोध ,बिष्णु कुमारी चौधरी ,मीत थारु,शुभावती हरिजन ,हेमकला थारू ,संगीता थारू ,श्रीराम पासी ,राजकुमार मौर्य ,रामरुप कुर्मी ,शिव कुमार गुप्ता,दुर्गा प्रसाद यादव ,नाथु थारु,इन्साफ अलि,रामनारायण भुज ,सहदेव तेली,चन्द्रीका मुराव ,सुरेश प्रसाद यादव ,ज्ञानमती गुप्ता ,इन्दु यादव ,नाथु चाई सर्वसम्मत निर्वाचित भएका छन् ।
राधेश्याम थारुको अध्यक्षता, जिल्ला कमिटी सचिवालय सदस्य एवं सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, सियारी -३ का वडा अध्यक्ष घिसन अहिर र नर बहादुर गाहाको विशिस्ट आतिथ्यता,राहत अलि मुसलमानको आतिथ्यता, रोशन प्रसाद चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन राम बहादुर धवलले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

