Rashtriya Dainik

पर्सामा प्रथम जिल्ला बाल भेला कार्यक्रम सम्पन्न

वीरगन्ज
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा रहेका जिल्ला समन्वय समिति पर्साको सभाहल प्रथम जिल्ला बाल भेला कार्यक्रम सम्पन्न भएको छ
आवर संसार नेपाल ,सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा,दिव्य युवा क्लब पर्सा,संरक्षण नेपाल,सानो पाइला र सामाजिक विकास अभियान नेपालको सहयोगमा, आवर संसार नेपालकाे सहकार्य र जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा द्वारा प्रथम जिल्ला बाल भेला कार्यक्रम आयोजित गरिएको थियो
जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साकाे अध्यक्ष अर्जुन शाह काे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय का माननीय मन्त्री वीरेन्द्र सिंहले उद्घाटन गर्दै मन्त्री सिंहले बालबालिका गलत दिशामा गए भने देशको बिकास नहुने वताए । उनले आफ्नो दायित्व पूरा नगर्ने अरुमाथी दोष थुपार्ने परिपाट्टीकाे बिकास हुँदै गएकाे वताए ।

उनले भने “सात वटा प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश नं. २ नै हाे । शिक्षा भए गरिबी आफै हटेर जान्छ । हाम्राे समुदाय कसरी शिक्षा प्रती आक्रशित हुन्छ त्यस तर्फ साेच्न जरुरी छ । त्यस कै लागि स्थानीय देखि संघ सरकार सम्म लाग्नु पर्छ । प्रदेश सरकारले त्यसको खोजी गरिरहेको छ ।”

प्रदेशको गरिबी र अशिक्षा हटाउन प्रदेश सरकार लागि परेको मन्त्री सिंहले वताए । रुढीबादी परम्पराका कारण पनि गरिबी र अशिक्षा हटाउन समस्या भएको उनको भनाई थियो । साथै उनले भने “छोरा र छोरीमा मतभेद भएका कारण पनि हामी पछाडि परेका छाैं ।”

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री सिंहले जोशिला युवाहरुको राजनीतिमा जरुरी रहेको वताए । अनुभवको कमिले प्रदेश सरकारलाई काम गर्न केही समस्या भएको समेत वताए । उनले नेतृत्वमा युवाको जरुरी रहेको धारणा राखे भने विशिष्ट अतिथि वीरगंज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता चाैधरी ,सानो पाइलाका सचिव डा सुष्मा तिवारी ,आवर संसार नेपालका अध्यक्ष मुकेश साहर अतिथिमा , संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, बाल अधिकार कर्मी रकी प्रसाद साह पत्रकार शम्भु कुमार सुमन ,रवि शिक्षक मुना साह ,खेलकुद शिक्षक रवि कलवार लगायतकाले मन्तव्य राखेका थिए ।

जिल्ला बाल क्लक समन्वय संजालकाे पूर्ण गठन
भेलाकाे बन्द सत्रले जिल्ला बाल क्लब समन्वय संजालकाे पूर्ण गठन गरेकाे छ । अर्जुन साहकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेकाे हाे ।

जुन सञ्जालकाे उपाध्यक्षमा मान्सी साह, सचिव नितु यादव, सह सचिव धर्मराज सहनी, काेषाध्यक्ष संदिप साह, सदस्यहरुमा सराेज पटेल, कमलेश साह, प्रिती मिश्रा, हरिओम यादव, प्रतिक्षा चाैधरी, आलाेक नारायण पटेल रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित