राष्ट्रिय दैनिक / नवलपरासी ,७ कार्तिक
एमाले राजनीतिमा युवा सहभागिता बढाउनको लागि आफूले उम्मेदवारी घोषणा गरेको जवाहर लाल काेईरीले बताएका छन् ।
परासीको पाल्हि बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति गर्दै राजनीतिक यात्रा सुरु गरेका जे.के नेकपा एमाले सरावल पालिका सदस्य र राष्ट्रिय युवा संघ जिल्ला कमिटि सचिवालय सदस्य तथा सरावल पालिका सह ईन्चार्ज हुन् ।
उनले यस अघि लामाे समय कुनै पनि जिम्मेवारी नलिईकन संगठन र पार्टिका लागि निरन्तर काम गर्दै आएका थिए !
उनले २०६२/०६३ काे जनआन्दाेलनमा सक्रिय रुपमा अनेरास्ववियुकाे तर्फवाट माेर्चा सम्हालेका थिए ।
युवा नेतृत्वलाई अगाडि बढाउने साेचमा यहि कार्तिक ९ गतेका लागि तोकिएको पालिका अधिवेशनमा अाफु उप सचिवकाे उम्मेदवारी दिएकाे र सम्पुर्ण प्रतिनिधिहरुलाई सहयाेगका लागि अनुराेध गरेका छन !
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

