राष्ट्रिय दैनिक / नवलपरासी ,७ कार्तिक
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम वडा अधिवेशनबाट सरावल वार्ड न २ को वडामा २४ वर्षे युवाले वडाअध्यक्षको जिम्मेवारी पाएका छन् ।
सरावल पालिका वडा नम्बर २ को अधिवेशनबाट भाेलेनाथ काेईरी ( सन्जय माैर्य ) अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन । उनि पश्चिम नवलपरासी जिल्लाकै र सरावल पालिकाका ७ वटा वडा मध्ये वडा अध्यक्ष हुनेमा सबैभन्दा कान्छाे हुन ।
उनि नेकपा हुँदा वडा न २ काे वडा ईन्चार्ज थिए भने एमाले र माओवादी केन्द्र विभाजनपछि एमालेबाट वडाअध्यक्षको जिम्मेवारी पाएका थिए ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नवलपरासीको प्रवत्ता एवं जिल्ला सह संयाेजक समेत जिम्मेवारी सम्हालेका सन्जय विद्यार्थी माझ समेत लोकप्रिय रहेका छन । ‘हाल दिव्यज्याेति वहुमुखि क्याम्पस चिसापानिमा स्नातक तह चाैथाे सेमेष्टरमा अध्ययनरत माैर्य भन्छन्, युवा पनि राजनीतिमा नेतृत्व गर्न सक्छन् भन्ने कुरालाई आत्मसात गर्दै मलाई वडाका सम्पूर्ण पार्टीका संगठित सदस्यहरुले सर्वसम्मत रुपमा निर्वाचित गराउनुभएको छ, ’पार्टी र जनताको लागि काम गर्नेछु ।
अग्रजहरुलाई सम्मान गर्दै आफू अगाडी बढ्ने उनको भनाइ छ । स्थानीय निर्वाचनमा र पार्टीका विभिन्न पदमा पार्टीका अग्रजहरुलाई साथ र सहयोग गर्ने उनले बताए ।
प्रथम अधिवेशनबाट वडा नम्बर २ को उपाध्यक्षमा जमुना भुसाल , सचिवमा टिपराज राय , उपसचिवमा टेकनारायण हरिजन र विष्णु प्रसाद चाैधरी निर्वाचित हुनु भएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरावल गाउपालिका अन्तर्गत वडा नम्बर १ को अध्यक्षमा कृष्ण भुसाल , २ को अध्यक्षमा भाेलेनाथ काेईरी , ३ मा तुलसि राम ठाकुर, ४ मा सन्तराम साहानि , ५ मा विशुन वहादुर यादव र ६ मा ईशरायल हजाम नाउ र ७ मा ऋषिकेश मिश्रा निर्वाचित हुनु भएकाे नेकपा एमाले सरावल पालिका निर्वाचन समिति सदस्य दिनेश साहानिले जानकारी दिनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

