Rashtriya Dainik

पाकिस्तानमा पैगम्बर मोहम्मदको गरिएको अपमान प्रति इत्तेहाद नेपालद्वारा विरोध : प्रेस विज्ञप्ति सहित

कृष्णनगर, कपिलवस्तु, कार्तिक ७

इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कंपनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडि त्यहाँ काम गर्ने चिनियाँ नागरिक हरूले पीबीयुएच शब्द थपे पछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक संजालमा आएको हुदाँ चिनियाँ नागरिक हरूले गरेको पैगम्बर मोहम्मदको अपमानको घोर निंदा तथा विरोध गरिएको प्रेस विज्ञप्ति इत्तेहाद नेपाल कपिलवस्तुले निकालेको छ l

उक्त प्रेस विज्ञप्तिमा चाइनाको विस्तारवादी नीतिको बिरोध गर्दै चाइनामा उइगर मुस्लिम माथीको दमनको समेत बिरोध गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ l
साथै अब पैगम्बर मोहम्मद सहबको अपमान गर्ने कुनै पनि प्रकारको कार्य सहन नहुने समेत इत्तेहाद नेपाल कपिलवस्तु का अध्यक्ष किफायतुल्ला खां को हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको छl

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित