Rashtriya Dainik

जनचेतना जगाउदै महेशपुर ट्राफिक प्रहरी

 

नन्दु यादव कार्तिक ७नवलपरासी

पश्चिम नवलपरासीमा अहिले ट्राफिकले आम नागरिकहरुलाई जनचेतना जगाउदै आएकाे छ ।यसै गरि महेशपुर ट्रालिकले पनि भुजहवामा आमनागरिकहरुलाई दुर्घटनाबाट कसरी बच्ने ,हेलमेट लगाउने ,कागजपत्र साथमा बाेकेर हिडने ,ट्राफिक नियमबारे जनचेतना जगाएकाे छ ।भुजहवामा चेकिङ गर्दै हेलमेट नलगायका ,कागजपत्र नबाेकेकालाई एक ठाउँमा जम्मा गरि ट्राफिक नियम बारे प्रशिक्षण समेत गरेकाे महेशपुर ट्राफिक प्रहरीका प्रमुख नारायण केसीले जानकारी दिए ।महेशपुर भुजहजा कुस्मा लगायतकाे क्षेत्रमा जनचेतना जगाउदै आएकाे केसीले बताए  ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित