उमेश बि.क / नवलपरासी , ६ कार्तिक
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ शान्तिटाेलमा अवस्थित सुनवल सामुदायिक बिकास केन्द्रकाे २१ अाैँ वार्षिक साधरण सभा एवं कार्यालय भवन उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

सुनवल सामुदायिक बिकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाकाे अध्यक्षता तथा सुनवल नगरपालिका मेयर भिम बहादुर थापा क्षेत्री ‘ भरत ‘ काे प्रमुख अातिथ्यतामा तथा संस्थाकाे संरक्षक अर्जुन पाेख्रेलकाे विशेष अातिथ्यतामा साधरण सभा एवं पाँच काेठा भएको भवन उदघाटन भएको हाे।

साधरण सभा एवं कार्यालय उदघाटन समारोहलाई सम्बाेधन गर्दै सुनवल सामुदायिक बिकास केन्द्रकाे पुर्व अध्यक्ष एवं सुनवल नगरपालिका मेयर थापाले संस्थाकाे अाफ्नाे भवन हाेस भन्ने सपना सकार भएको बताउनु भएको हाे। संस्था सुरुवातदेखि सबै जनाको सहकार्यमा धेरै मेहनत परिश्रम गरि अगाडि बढाइरहेको बताउदै संस्थालाई अावश्यक स्टाेर रुम र चमेना गृह अाफुले पैसा खर्च गरि बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे। समाज परिवर्तनका लागि अझै धेरै काम गर्न बाकी रहेको बताउदै सुनवल सामुदायिक बिकास केन्द्रले मेयर जन्माएकाे बताउनु भएको हाे। अाफु पनि यहि संस्थाबाट सुरुवात गरेको र अाफ्नाे सुरुवातमा सहयोग गर्ने संस्थाका पुर्व अध्यक्ष एवं सदस्य सन्जय श्रेष्ठ , संस्थाका संरक्षणक अर्जुन पाेख्रेललाई धन्यवाद ब्यक्त गर्दै अाफ्नाे नेतृत्वदायी भुमिका यसै संस्थाबाट सुरुवात भई विभिन्न संघसंस्थामा प्रवेश गर्दै हाल सुनवल नगरपालिका मेयर रहेको बताउनु भएको हाे। साथै संस्थाकाे भाैतिक निर्माण देखि संस्थाले गर्ने हरेक काममा अाफुले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे। सुनवल नगरपालिकालाई नेपालको पहिलो बालमैत्री नगरपालिका घाेषणा गर्नकाे लागि नगरमा यहि संस्थाले काम सुरुवात गरेकोे बताउदै यस्ता तमाम उदाहरणीय काम संस्थाले गरेको अवगत गराउदै संस्थाकाे विकासका लागि अाफु हमेशा सकारात्मक रहि साथ र सहयोग गरिरहने प्रतिबद्धता सहिता २१ अाैँ वार्षिक साधारणसभाकाे सफलताकाे शुभकामना ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टर लेखाअधिकृत अपसरा नेपालले सुनवल सामुदायिक विकास केन्द्रले साझेदार संस्थाकाे निर्देशन अनुसार अति नै राम्रो काम गरिरहेकाे प्रसंसा ब्यक्त गर्नुभएको थियाे।यश संस्थामा संस्थागत विकास भइरहेकोले युनाइटेड मिसन टु नेपाल सकारात्मक रहि विभिन्न कार्यक्रमहरु थपिरहेकाे बताउनु संस्थाकाे २१ अाैँ वार्षिक साधरण सभा एवं कार्यालय भवन उदघाटन कार्यक्रमकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको हाे।

कार्यक्रममा सुनवल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिल ,उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगाएतले संस्थाकाे प्रगतिकाे शुभकामना ब्यक्त गर्नुभएको थियाे।

संस्थाकाे उपाध्यक्ष देव कुमारी घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन लैंगिक समानता परियोजना संयाेजक राधा सापकोटाले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

