Rashtriya Dainik

पुसाैलिमा कपर्दी प्रतियोगिता कार्यक्रम सम्पन्न

महेश यादव ,नवलपरासी /६ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलिमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।श्री कबड्ढि खेलकुद समिति सरावल-६ पुसाैलिकाे अायाेजना तथा सरावल गाउँपालिका वडा नम्बर -६ काे कार्यलयकाे अार्थिक सहयोगमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हाे ।

खेलकुद समितिका अध्यक्ष महमुद अन्सारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीको उपप्रमुख अब्दुल रहमान चुरिहारकाे प्रमुख अतिथता तथा सरावल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष कैलाश यादवको विशिष्ट अतिथतामा कपर्दी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रम बाेल्दै प्रमुख अतिथि चुरिहारले स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ अायाेजना गरिएको कपर्दी खेल प्रतियोगिता भव्य र सभ्य रुपमा सफल भएको हुदा सम्पूर्ण विजेता खेलाडी र खेलमा पराजित भएको सम्पूर्ण खेलाडीहरुलाई अगामि दिनमा सफलताको कामना समेत दिएका थिए ।

साे अवसर बाेल्दै विशिष्ट अतिथि यादवले खेल प्रतियोगिता बाट खेलाडीहरुकाे मानसिक , शारीरिक समस्या लाई समेत दुर गर्ने र स्वस्थ्य सन्तुलन कायम राख्ने गरेको बताउदै अाफु स्वम पनि केजिएन गुरुप पुसाैलिकाे तर्फ बाट खेल खेलेकाे बताए । साथै उहाको सिङ्गो टिमले द्वितीय स्थान हासिल गरेकाेमा अाफु स्वम खुसि ब्यक्त गर्दै सम्पूर्ण खेलाडिहरुलाई शुभकामना दिनुभयो । उहाँले एउटा वडाको जनप्रतिनिधि भए तापनि खेलाडीहरुलाई सधै साथ सहयोग गर्ने र अाफु स्वम खेल प्रेमि भएको भन्दै खेलमा सहभागी भएको बताउनुभएको थियो ।

कपर्दी प्रतियोगिता कार्यक्रममा दुबाैलियाका खेलाडीहरुकाे टिमले प्रत्यक्षदर्शी टिमलाई पराजित गर्दै २६ अङ्क लाएर प्रथम स्थान , र ८ अङ्क लाएर केजिएन गुरुप पुसाैलिका खेलाडीहरुकाे टिमले द्वितीय तथा २२ अङ्क लाएर मझाैनिका खेलाडीहरुकाे टिमले तृतीय स्थान हासिल गरेर नगद रु १० हजार , ८ हजार र ६ हजार मेडल सिल्ड र प्रमाण पत्र हासिल गरेका छन।

समापन कार्यक्रममा अतिथिहरुमा समाजसेवी छाेटेलाल गुप्ता , राममिलन यादव ,पिन्टु गाैड ,पशुपति यादव , रामसकल यादव लगाएतकाे अतिथिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रमकाे सञ्चालन महेश यादवले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित