पुरन अधिकारी ,पश्चिम नवलपरासी
इन्द्रेणी सामाजिक विकास मञ्चको ३२अौ साधरण सभा एवं १३ अौ अधिवेशनका साथै चाडपर्व लक्षित शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
बर्दघाट १० सहिद स्मृति पार्कमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सस्थाका कार्यवाहक अध्यक्ष कदम कुमार क्षेत्री ले गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि सविधानसभा सदस्य विक्रम खनाल र विशिष्ट अतिथिद्वय रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता र पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) रहनुभएको कार्यक्रममा सस्थाका पुर्व अध्यक्षहरु ,सस्थाबाट सन्चालित परियोजनाका कर्मचारीहरु दातृ सस्थाका प्रतिनिधि ,पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।स्वागत मन्तब्य सस्थाकि कोषाध्यक्ष पुन्यवति मिश्र ले गर्नुभएको कार्यक्रमको सन्चालन सचिव होम राज कुवरले गर्नुभएको थियोे ।कार्यक्रममा बोल्ने बक्ताहहरुले इन्द्रेणी सामाजिक विकास मञ्च जिल्लाकै अभिभावक सस्था भएको र समाजका हरेक क्षेत्रमा अभिभावक भई कार्य समेत गरेको जानकारी गराए।

सस्थाका पुर्व अध्यक्ष एवं कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले सस्थाद्वारा सन्चालित परियोजनाहरु ,लागत रकम र कार्यरत कर्मचारी सख्याको बारेमा जानकारी गराउदै अगामि वर्षको कार्यक्रम र नितिहरुको बारेमा प्रकाश समेत पार्दै अधिवेशनको बन्द सत्र यहि कार्तिक ८ गते बाट हुने समेत जानकारी गराउनुभयो ।

अायोजक सस्थाका पुर्व अध्यक्ष समेत रहेका प्रमुख अतिथि सविधानसभा सदस्य विक्रम खनालले इन्द्रेणी नाम जस्तै सप्तरङ्गि भई फुलिरहेको र देश विदेशमा समेत सामाजिक कार्य मार्फत ख्याति कमाउदै गएकोमा प्रफुल्ल हुँदै सहयोगी दातृ सघ सस्थाहरु प्रति अाभार प्रकट गर्दै इन्द्रेणी सामाजिक विकास मञ्चले गर्ने सामाजिक कार्यहरु फराकिलो हुँदै गएको र कर्मचारी सख्या समेत बढेकाले हालको भवन सस्था सन्चालनका लागि असहज हुँदै गएकाले नया भवन निर्माणका लागि समेत जोड दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

