कृष्णनगर, कार्तिक ६
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको निवास कृष्णनगरमा मदरसा शिक्षा लाई शिक्षाको मूल धारमा कसरी ल्याउन सकिन्छ र मदरसाको विकासका बारेमा विस्तृत छलफल समपन्न भएको छ ।
नेपालमा मदरसा शिक्षाको अवस्था, मदरसा शिक्षाको विकास, मदरसा शिक्षा लाई राज्यको मूल धारमा समायोजन कसरी गर्न सकिन्छ, मदरसा शिक्षाको व्यवस्थापन लगायत मदरसा शिक्षाको सरोकार वाला तथा सरकारलाई मदरसा शिक्षा प्रति ध्यानाकर्षण गराउने जस्ता बिषयमा छलफल गरिएको थियो ।
नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधि मंत्री देवेन्द्र पौडेल बाट मुस्लिम समुदायले मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन तथा मदरसामा अध्यापन गराउदै आएका मौलाना हरूलाई शिक्षक दरबन्दी कायम गरि सामुदायिक विद्यालयको शिक्षक सरह सेवा सुविधा दिनु हुनेछ भन्ने आस राखेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खाँ नेपाली ले बताए ।
उक्त छलफलमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, प्राध्यापक तथा शिक्षाविद डा. विद्यानाथ कोईराला, प्राध्यापक डा. अब्दुल कय्यूम, पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खां, पूर्व विद्यालय निरिक्षक नुरूलहक मिकरानी, पूर्व जन स्वास्थ्य अधिकृत ताहिर हुसेन मिकरानी, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य डा. मोहम्मद मजहर खां, असरफ खां लगायतले उक्त छलफलमा सहभागिता रहेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

