Rashtriya Dainik

सबकाे देखा बार बार जनमत पार्टी अबकि बार : प्रमुख अतिथि चाैधरी

महेश यादव, नवलपरासी /६ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ कुर्थावलमा जनमत पार्टीको संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । जनमत पार्टीका वडा कमिटी अध्यक्ष श्यामकेवल यादवकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीकाे प्रमुख अतिथतामा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले सबकाे देखा बार बार जनमत पार्टी अबकि बार , समुदायिक स्वराज लायंगे दस लाख राेजगारि दिलावायंगे लगाएतका नाराका साथ मधेसी जनताको हकअधिकारकाे लागि जनमत पार्टी लाई साथ सहयोग गर्न र विजय हासिल गराउन जनताहरुमा अाग्रह समेत गर्नुभयो । उहाँले मधेसि जनताले वर्षाै देखि खेप्नुपरेको दुख पिडा र गुमाउनु परेको हकअधिकार पाउनकाे लागि जनमत पार्टीलाई विजय हासिल गराउनु पर्नेमा जाेड दिए । मधेस र मधेसी जनताकाे लागि करोडौं रुपैयाँको जागिर छाडेर डाक्टर चन्द्रकान्त राउत ( सिके ) ले मधेस र मधेसी जनताको लागि नेपाल अाएर जनताको हकअधिकारकाे लागि दिनरात कार्यगरिरहेकाे प्रमख अतिथि चाैधरीले बताए । उहाँले यश पालि मधेसी जनताको हकअधिकारका लागि जनमत पार्टीलाई विजय हासिल गराउन अावश्यक रहेको बताए ।


संगठन विस्तार कार्यक्रममा पार्टी जिल्ला सहसचिव अशोक कुमार चाैधरी , जिल्ला सदस्य अखिलेश त्रिपाठी , सरावल गाउँपालिका कमिटी अध्यक्ष कृष्णकान्त चाैधरी ,राजेन्द्र राजभर ,वडा नम्बर ६ का वडा कमिटी सचिव जगरनाथ गुप्ता ,सदस्य काेठारि गुप्ता ,पाल्हिनन्दन गाउँपालिका कमिटी सचिव सिकेन्द्र प्रसाद चाैधरी , लगाएतका अतिथिहरुले मन्तव्य समेत दिएका थिए । गाउँबासिहरुकाे उपस्थितिमा भएको कार्यक्रम सञ्चालन अावाज जनमत संघका संयाेजक शैलेश कुमार चाैधरीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित