वीरगंज, ६ कातिक ÷ पर्सा जिल्लामा विगत एक हप्तादेखी डिआईजी गणेश ठाडा मगरले खटाएको सशस्त्र प्रहरीको टोलीले चान्दा आतंक मचाएको खबर प्राप्त भएको छ । सीमाबाट हुने अवैध तरिकाले चोरी तस्करी नियन्त्रणको निम्ति खटिएका घुमुवा टोलीले तस्कर समुह स“ग १० हजारदेखी ४० हजार रकम बुझेको खबर प्राप्त भएको हो ।
प्राप्त समाचार अनुसार बारा र पर्सा जिल्लाको सीमा निगरानीको निम्ति सशस्त्र प्रहरी हवलदार बशिष्ट पटेल र सशस्त्र प्रहरी सहायक हवलदार सुदर्शन बैठालाई खटाएपनि उनिहरु आर्थिक प्रलोभनमा परी तस्कर संग मासिक लाखौ रुपैया नजराना बुझेका हुन । पर्सा जिल्लाको जानकी टोला नाकाबाट महादेव यादव संग मासिक २० हजार, इनर्वाबाट सुरेन्द्र साह स“ग २० हजार, मुखतार स“ग १५ हजार, इमरान स“ग २० हजार, श्रीसियाको हरिन्द्रबाट १६ हजार, प्रसौनीभाठाको अलिबाट २८ हजार, भलुवाहाको भैसी व्यापारीबाट १८ हजार, अलौको मनोज यादवबाट खाना, नास्ता तेल, भिष्वाको लडु पप्पु संग ११ हजार, शशिकानत संग १६ हजार, बारा जिल्लाको खेना यादव स“ग ३० हजार, भोला संग ३५ हजार रकम गरी दर्जनौ तस्कर समुह स“ग लाखौ रुपैया रकम असुल गरेको बताइन्छ ।
एक जना तस्करका अनुसार डिर्आइजीको नाम बेच्दै द्वय घुमुवा टोलीले मासिक लाखौ रुपैया नजराना बुझेका छन । डिआईजीले आफ्नो कार्य इमान्दारीता स“ग गर्न आदेश गरेपनि उहाकै निर्देशनलाई खिल्ली उडाउदै निर्वाध रुपले रकम असुल गरेको पाइन्छ । ठूला वडा तस्करहरु स“ग रकम असुल गरेकै कारण ठूला वडा मालसमान पक्राउ गर्न नसकेर स—साना मालसमान पक्राउ गर्दै आएको अहिलेसम्मको घटनाले प्रमाणित गरेको छ ।
डिआईजी गणेश ठाडा मगर एउटा असल र इमान्दार प्रहरीको रुपमा चिनिएपनि उहाले खटाएको द्वय घुमुवा बिगतकै बदनाम घुमुवाको रुपमा चिनिने गरिन्छ । आर्थिक कलेक्सनमा नाम कमाई सकेका द्वय घुमुवा हालको समयमा पुन ः बारा र पर्सामा परिचालन रहेको प्रष्ट हुन्छ । बिशेष सुत्रका अनुसार आजै वीरगंजका केही कुख्यात ट्रान्सपोर्टका संचालक स“ग भेटघाट गरी लाखौ रुपैया नजराना बुझेको बताइन्छ ।
✍️R.C✍️
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

