काठमाडौं ५ कार्तिक।
हिन्दू परिषद नेपालले आज काठमांडूमा बिरोध प्रदशर्न गरेको छ।बांग्लादेशमा रहको मुस्लिम समाज द्वारा नवमीको दिन हिन्दू समाज एवं पूजापाठ भई रहको स्थल माथि गरेको गुंडागर्दी,हत्या,बलात्कार,अपहरण,लूटपाट बिरोधमा आज माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको छ।सहभागी द्वारा मुख्य रुपमा हिन्दू ऊपर दमन बन्द गर,बांग्लादेश सरकार मुर्दाबाद, हिन्दुहरुको सुरक्षा गयारेटि गर,दोषी ऊपर कारवाही गर,इस्लामिक आतंकवाद बन्द गर,ओमकार परिवार एक होऔ भन्ने मुख्य नारा लगाइएको थियो।कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, उपाध्यक्ष सुनीता रौनियार,केन्द्रिय सदस्यहरु पिंकी महासेठ,सुरेश साह कानू, रामसोबित नायक,हंसा साह,गायत्री साह,सचिवालय सदस्य मनीराम रेग्मी,काठमांडू उपत्यका उपाध्यक्ष इन्द्र देव् मण्डल, रामस्वार्थ राउत,कोषाध्यक्ष राजीब देव्,हिन्दूवादी अगुवा दीपक महाराज आत्रेय, रामननद दास,प्रतिमा रौनियार, श्याम पोखरेल सहित दर्ज़नौ हिन्दूवादी अभियन्ताहरुको सहभागी रहको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

