राजन कुमार बानिया
पोखरिया
पर्साको पकहामैनपुर गाउँपालिका को नया भवन को लागि अाज एक कार्यक्रम का बिच शिलान्यास कार्यक्रम समपन भएको छ। गाउँपालिका को नयाँ भवन को लागि प्रमुख अतिथि माननीय सांसद हरिनारायण रौनियार ले बिधवत रुपमा पुजापाठ गरि शिलान्यास गर्नु भएको हो। शिलान्यास गर्दै सांसद रौनियार ले भन्नू भयो पचास वर्ष मा नभईको बिकास संघियता अाएको चार वर्ष मा बिकास भएको हो । पहिला सदरमुकाम बाट अावत जावत मा समस्या रहेको थियो अहिले यता चार् वर्षमा बाटोघाटो,स्वास्थ्य , शिक्षा,कृषि लगायत भौतिक पुर्वधार बिकास को काम मा बिकाल निर्माण देखिएको छ । गाउँ गाउँ टोल टोल मा सडक ,नाला, बिधुत पोल जडान, वाईफाई, कृषि ,शिक्षा , स्वास्थ्य , र सिचा लगायत काम भएको गाउँपालिका अध्यक्ष बिजय चौरसिया ले बताए । खेत खेत मा बिधुत पोल गाडेर किसान हरु लाई सय रुपैयाँ को खर्च मा सिचाई ब्यवस्थापन गरिने बताए ।यहि अार्थिक वर्ष मा पकहा मैनपुर गाउँपालिका बाट बस संचालन गरि सस्तो मुल्यमा २५ रुपया मा बिरगंज समम पुर्याउने उदेशय रहेको छ। बस संचालन मा ल्यार जेस्ट नागरिक हरु लाई निशुल्क ब्यवस्थापन गरिने र बिधार्थी , लगाउत लाई छुट को ब्यस्था गरिने गापा अध्यक्ष चौरसिया ले जनाए । चार् वर्ष मा ७० प्रतिशत बिकास लगायत निर्माण को काम समपन भएको गापा अध्यक्ष चौरसिया ले दाबी गर्नु भएको छ। गाउँपालिका भवन निर्माण को लागि गाउँपालिका बाट ७५ लाख को लागत मा निर्माण हुन लागेको पकहामैनपुर गापा अध्यक्ष चौरसिया ले जनाए का छन।गाउँपालिका अध्यक्ष बिजय चौरसिया को अध्यक्ष्ातामा भएको शिलान्यास कार्यक्रम मा प्रदेश सांसद मंजुर अालम , बिन्दबासनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु,सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल,जसपा नेपाल का प्रदेश सदस्य गौरिशंकर साह दादा,जसपा का क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव, लगायत ले शुभकामना मन्तब्य बयक्त गरेका थिए।गाउँपालिका को भवन निर्माण हुन लागे को भवन उपभोक्ता समिति को माध्यम बाट हुन लागेको गापा अध्यक्ष चौरसिया ले जनाए छन। भवन निर्माण असाढ मसान्त भित्र समपन हुने जनाए का छन।शिलान्यास कार्यक्रम मा नेता र स्थानियबासिन्दा हरु को सहभागिता रहेको थियोे
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

