Rashtriya Dainik

महेशपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न; ९ सय ३५ जनाले लिए सेवा

रंजीत शर्मा /नवलपरासी/०५ कार्तिक । पश्चिम नवलपरासीको पाल्हिनदन गाउँपालिका वार्ड नं १ महेशपुर स्थित श्री रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमटेडको प्राङ्गणमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले श्री रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेड पाल्हिनन्दन-१ को स्थानीय आयोजना तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरमा ९ सय ३५ जनाले सेवा लिएको हो।

डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीको आयोजना तथा डाक फाउण्डेशन पार्टनर फार एक्विटीको आर्थिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।
स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ,९ सय ३५ जनाले निःशुल्क उपचार सेवा लिए स्थानीय आयोजक संस्थाका व्यवस्थापक रेजाय अन्सारीले भने, ‘उपचार सेवा लिने महिला ५४३ र पुरुष ३९२ गरी ९ सय ३५ जना हो आगामी दिनमा थप सेवा दिने संस्था तयार रहेकाे बताए।’

शिविरमा उपचार गराएका मध्ये ३०० जनालाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासी लगिने छ ।

कार्यक्रम स्थानीय आयोजक श्री रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मुजीम पाठनको अध्यक्षता तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीको अध्यक्ष मञ्जु कँडेलको प्रमुख अतिथिकतमा सम्पन भएको हो।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वार्ड अध्यक्ष लल्लन यादव, पूर्व रमपुरवा गा.वि.स. अध्यक्ष चुलाई यादव, रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडको पूर्व अध्यक्ष महातम बिश्वकर्मा, डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीका डाक्टर तथा आँखा शिविर टोली प्रमूख नेत्र मगर, समाजसेवी धर्मेन्द्र माेर्या, संस्थाको ऋण समिति संयोजक हेमन्त कानु, लेखा समिति संयोजक अभय निगम (विक्की), हरिबहादुर साहनी,पत्रकार रंजीत शर्मा,जितेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्था सल्लाहाकार सञ्जय जयसवालले राख्नु भएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित