उमेश बि.क / राष्ट्रिय दैनिक ,५ कार्तिक
थारु इन्डस्ट्रिजकाकाे बहुचर्चित मोडल वीर चौधरीको छाेरा दुर्घटनामा परी १ हप्ता देखि अस्पताल भर्ना भएका छन ।
कैलाली जिल्लाकाे बर्दगोरिया गाउँपालिका बौनिया निवासी मोडल विर बहादुर चौधरीको छोरा लविज चौधरी रामनवमीको दिन मोटरसाइकलको ठक्करबाट घाईते भइ कोहलपुर मेडिकल क्लेज अस्पतालमा आइ.सि.यु मा उपचार गराइरहेका थिए ।

टाउकोमा गम्भीर चोट लागेको हुनाले स्वास्थ्यमा सुधार नभए पछि थप उपचारका लागि भारतको लखनउ देबिना अस्पतालमा लगि उपचार भइरहेको गायक सरगम चाैधरीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे ।
उपचारमा धेरै रकम लाग्ने भएको हुनाले आ-आफ्नो ठाउँबाट आर्थिक सहयोग गरि जीवन रक्षाको लागि अनुरोध गर्नुभएको छ।

सहयोगको लागि लक्ष्मी बिकास बैंक बौनिया कैलालीमा रहेको वीर बहादुर चाैधरीकाे खाता नम्बर-07720015677 मा यथासक्य सहयोग गरिदिन थारु कलाकारहरु अपिल गरेका छन ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

