पर्सा ४ कार्तिक
लगातार वर्षाका कारण बालीनाली नष्ट भएको प्रति संघीय सांसद हरिनारायण रौनियारले किसानलाई बाली नोक्सानीको क्षतिपूर्ती उपलब्ध गराउन आग्रह गरेका छन् ।
उनले क्षतिको विवरण संकलन गरी किसानहरूलाई क्षतिपूर्ती दिन स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरेका हुन्।
केही दिनदेखि जारी रहेको अविरल वर्षाका कारण देशका बिभिन्न जिल्लाहरुमा भित्र्याउनका लागि काटी राखेको धान बाली नष्ट भएको उल्लेख गरेका छन् । ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आय स्रोतको रुपमा रहेको धान वाली नष्ट हुँदा किसान मर्कामा परेको भन्दै उनले किसानलाई
राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

