Rashtriya Dainik

सरावलमा कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउकाे बीउ

उमेश बि.क / नवलपरासी , ३ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले
ब्यवसायिक च्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्याउकाे बीउ उपलब्ध गराउने भएको छ।

सरावल गाउँपालपका कृषकहरुलाई च्याउ उत्पादनमा आत्म निर्भर बनाउन ५० प्रतिशत अनुदानमा च्याउकाे बीउ उपलब्ध गराइने सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको छ ।

अनुदानमा च्याउकाे बीउ लिन चाहने कृषकले १५ दिन भित्र निवेदन सहित कृषक समुहकाे हकमा( कृषक समुह/कृषि सहकारी /कृषि फाम दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ,स्थायी लेखा प्रमाणपत्रकाे प्रतिलिपि ,समुहकाे निवेदन ,वडा सिफारिस ) र कृषककाे हकमा निवेदन तथा नागरिकताकाे प्रतिलिपि साथ गाउँपालिकामा सम्पर्क गर्नकाे लागि प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले अनुराेध गर्नुभएको छ ।

च्याउ खेती गर्नकाे लागि वडा नं. १ देखि ७ काे लागि सुचना प्रकाशित गरिएको हुनाले सम्बन्धि वडाबासिले सम्पर्क गर्न प्रमुख प्रशासकीय अधिकृत पाैडेलले अनुरोध गर्नु भएको छ।

व्यवसायिक कृषि खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न सरावल गाउँपालिकाले किसानहरुलाई विभिन्न सर–सामाग्री उपलब्ध गराउदै आएको छ । कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न गाउँपालिकाले अनुदानमा विभिन्न कृष यन्त्र र मलखाद, बिउबिजनहरु उपलब्ध गराउदै आएको छ ।

गाउँपालिकाका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि गाउँपालिकाले किसानहरूलाइ व्यवसायिक खेती तर्फ प्रोत्साहित गर्दै आएको छ । किसानहरूलाइ माछा, कुखुरा, गाइभंैसी, खशीबाेका, तरकारी र व्यवसायिक खेती तर्फ अार्षित गर्न गाउँपालिकाकाे ध्यान रहेकाे छ ।

गाउँपालिकाकाले किसानहरुलाई खेती गर्न सहज होस भनि अनुदानमा बोरिङ्ग, पम्पिङ्गसेट, हातेट्रेक्टर, कृषि यन्त्र र विभिन्न उन्नत जातको बिउ बिजनहरु उपलब्ध गराउदै आएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित