Rashtriya Dainik

नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न

राजन कुमार बानिया
पर्सा ३ कार्तिक
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ निचुटा मा अाज नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ । नेकपा एमाले का पटेर्वासुगौली गाउँपालिका संयोजक फरमान मियाँ को अध्यक्षतामा भएको कार्यक्रम मा गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी को प्रमुख अतिथ्यमा कार्यक्रम समपन भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि चौधरी ले भने नेकपा एमाले का नया सदस्यता बितरण तथा जनता को दुख सुख मा साथ दिन अाग्रह समेत गरे। उहाँले आउने चुनावमा एमालेलाई बिजयी गराउन संगठन बिस्तार, पार्टी प्रवेश जस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । भर्खरै भएको नेकपा एमाले का बिधान संशोधन को अधार मा वडा कमिटि गठन गरिएको प्रमुख अतिथि चौधरी ले बताए । बैठकले असमुदिन देवान को अध्यक्षतामा ३१ सदसिय कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्ष मा ठाकुर महतो, सचिवमा सुबा यादव लगायत ३१ सदस्यीय वडा कमिटि चयन गरिएको नेकपा एमाले बाट निर्वाचित वडा नं ५ का वडा अध्यक्ष मोतिलाल साह ले जनाएका छन। कार्यक्रम मा सयौ को संख्यामा नेता कार्यकर्ता लगायत को सहभागीता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित