दिपेन्द्र खत्री,अर्घाखाँची । लगातारको वर्षाले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी डुवानमा परेको छ।केही दिन देखि परेको बर्षाका कारण आज रातभरीको वर्षाले बाँगी खोलाकाे वहाव बढेको र निकास साँघुरो हुँदा चुत्राबेसी क्षेत्र जलमग्न भएको हो। अहिले भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायत सम्पूर्ण क्षेत्र डुवानमा परेकाे पत्रकार हलिम खानले जानकारी दिए ।
मध्यरातमा चुत्राबेसी बजारभित्रका सबै गल्ली पनि जलमग्न भएका छन् । बाँगी खोला किनाराका बासिन्दालाई स्थानतरण गरिएकाे छ ।अधिक वर्षा भएपछि बाँगी खोला किनाराका सम्पूर्ण क्षेत्र जोखिममा परेका छन् । अहिलेसम्म कुनै क्षेतिको विवरण आएको छैन् । भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्टर लगायतका क्षेत्रमा डोजर लगाएर निकास खोल्ने काम भईरहेको छ ।

बाँगी खोला अतिक्रमणका कारण निकास साँघुरो हुँदा डुबान भएको हो । अर्घाखाँचीको ईतिहासमा यस अगाडि यि क्षेत्रमा अधिक वर्षाका कारण डुवान भने भएको थिएनन् ।तर हिउँद लाग्दै गर्दा भएकाे बर्षाले पूरा बजार हिलाम्मे भएकाे छ,भने दुई वटा पुल सम्म बगाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

