मनसुनी वर्ष सकिएपछि पनि केही दिनयता आएको निरन्तर वर्षका कारण बाढी, डुबान तथा प्राकृतिक विपदबाट क्षति पुगेकाे छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र र पश्चिमबाट आएको पश्चिमी वायुुको प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण अहिले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसमा पनि पश्चिमी वायुको प्रभाव बढी भएका कारण देशको सुदूरपश्चिममा २४ घण्टामा दुई सय एम.एल. भन्दा बढी अर्थात् अतिवादी वर्षा भएको छ । यो वर्षा एकैचोटी कम नहुने तर आज बुधबार अलि कम वर्षा हुने र बिहीबारबाट मौसममा राम्रोसँग सुधार आउने छ।
यो वर्ष मनसुन सकिएपछि पनि पानी पर्यो । नेपाली सबैको हात–हातमा स्मार्ट फोन छ । मौसमको सम्बन्धमा इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा पनि जानकारीहरु आइरहेका हुन्छन् । फेसबुक र टुवीटरमा पनि मौसम विभागले मौसम सम्बन्धि जानकारीहरु अपडेट गरिरहेको हुन्छ । यस्ता विषयमा जानकार हुनसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने उहाँको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

