Rashtriya Dainik

हिन्दू स्वयंसेवक संघ नेपालको प्राथमिक शिक्षा वर्ग नवलपरासीमा

उमेश बि.क / नवलपरासी , ३ कार्तिक

पश्चिम नवलपरासीमा हिन्दू स्वयंसेवक संघ नेपाल नवलपरासीले सात दिने आवासीय वर्ग साेमबार देखि सञ्चालन गरेको छ । 

रामग्राम नगरपालिका १२ शान्तिचाैरमा अवस्थित सरस्वती मा.बि मा हिन्दू स्वयंसेवक संघ नेपाल पश्चिम नवलपरासीको अायाेजनामा ७ दिने प्राथमिक शिक्षा वर्ग सुरु गरिएको हाे।

यसबाट आफ्नो संस्कार, संस्कृति, राष्ट्रप्रेम जस्ता कुराका साथै मानवीय गुणका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिइनेछ ।

हिन्दु स्वयंसेवक संघ नेपालकाे सम्भाग प्रचारक कपिल जंग भट्टका अनुसार, विद्यार्थीले जीवनमा कसरी सांस्कृतिक बाटोलाई आत्मसात गर्दै सफल जीवन जिउन सकिन्छ ,याेग ,ब्याम ,अासन ,सुर्य नमस्कार ,वैद्धिक मन्त्र, देश भक्ति गित ,प्रबचनहरुकाे माध्यमद्वारा असल ब्यक्ति निर्माण लगाएत यस प्रकारको वर्गबाट सिक्नेछन् । 

वर्गमा के हुन्छ ?
– नवलपरासीमा सञ्चालित वर्गका लागि ६२ जना विद्यार्थीको उपस्थिति छ । 

-वर्गमा उनीहरूको दैनिक दिनचर्यामा जागरणदेखि दीप निर्वाणसम्मको कार्यक्रम हुन्छ ।

– वर्ग अन्तर्गत विद्यार्थीले बौद्धिक र शारीरिक गरी दुई प्रकारको प्रशिक्षण प्राप्त गर्दछन् ।

-बौद्धिक विषयहरूमा : देशप्रेमको भावले युक्त गीत, महापुरुषका अमृतवचन, वर्गमा आउने अधिकारीहरूबाट प्रवचन, समसामयिक र विविध विषयमा चर्चा जस्ता खुराक प्राप्त गर्दछन् । 

-शारीरिक विषयहरूमा : बिहान, बेलुका हुने विविध प्रकारका योग, आसन, व्यायाम, सूर्य नमस्कारका साथै नियुद्धको शिक्षण पाउँछन् ।

-मनोरञ्जनपूर्ण खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव आदिको शिक्षा पनि उनीहरूले प्राप्त गर्नेर्छन् ।

प्राथमिक शिक्षा वर्गमा नवलपरासी भरिको ५ पालिकाबाट ६२ जना प्रशिक्षार्थीलाई २० जना प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको छ।

मंगलबारकाे प्राथमिक शिक्षा वर्गमा हिन्दु स्वयंसेवक संघ नेपाल सरावल गा.पा (माननीय) संघ चालक अशाेक कुमार पाण्डेय,विश्व हिन्दु परिषद नवलपरासी काेषाध्यक्ष बिनाेद कुमार पाण्डेय लगाएतकाे विशेष उपस्थित रहेको हिन्दु स्वयंसेवक संघ नेपालकाे सम्भाग प्रचारक कपिल जंग भट्टले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित