नवलपरासी , २ कार्तिक । ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ आंै ज्यन्तिी नवलपरासीमा पनि धुमधामका साथ मनाइएको छ । ईस्लाम धर्मको सामाजिक तथा धार्मिक सन्देश दिन नवलपरासीका मुस्लिमहरु आज गाउँगाउँमा हर्सोउल्लासका साथ जन्मज्यन्ति मनाएका हुन् । आज विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९६ आंै जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला जिल्लाका मुस्लिमहरुले पनि ज्लुस र मिलादखानी जस्ता विभिन्न कार्यक्रमहरु गरि ज्यन्ती धुमधामका साथ मनाएका हुन् ।

राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा गाउँगाउँबाट जुटेका स–साना ज्लुसहरु एक भव्य ज्लुसको सकल पाई परासी बजारको परिक्रमा गरेको थियो । शान्तीचौरबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास, जिल्ला प्रशासन कार्यालय हुदै बुद्धचोक स्थित एक सभामा परिणत भएको थियो । ज्लुसमा हजार बढि मुस्लिमहरुको सहभागिता रहेको थियो । ज्लुमा सहभागीहरु, रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी ईस्लामि पोसाकमा सजिएका थिए । ज्लुसका सहभागीहरु ईस्लामि तथा राष्ट्रिय नाराहरु लगाई परासी बजारको परिक्रमा गरेका थिए ।

ईस्लाम धर्मका परवर्तक पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश र अमनचयनका सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउदै आएका छन् । बर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष एवं ज्लुसका संयोजक मौलाना सैयद गुलाम हुसैन मिंयाले बताउनु भयो ।
पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको मुस्लिम नेता हैदर अलि मोमिनले जानकारी दिनु भयो ।
विश्वभरि संग मंगलबार नवलपरासीको पनि ४० बढि गाउँहरुमा विहान स–साना मोहम्मदी ज्लुस निकाली गाउँभरि परिक्रमा गर्दै मोहम्मद ज्यन्ति मनाइएको हो । मोहम्मद ज्यन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरुमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना गरिएको मुस्लिम नेता अमिरूल्लाह मियाले बताउनु भयो ।
यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरानय पढने, दानपुन गर्ने, सामाजि सदभाव कायम गर्ने मिठो मिठो पक्वान पकाई साथीभाईहरुलाई खुवाउने र शान्ती तथा ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिनु भयो । यो ज्यन्ती मनाउन, जश्ने मिलादुन्नबीका ज्लुस निकाल्ने, मिलादी तथा कुरान खानी जस्ता कार्यक्रमहरु गर्न सकिने छ ।

ज्लुस कार्यक्रममा संविधानसभा सदस्य हाजी अलाउद्दिन अंसारी, मुस्लिम जिल्ला नेता हैदर अलि मोमिन, अमिरुल्लाह मिँया, बुद्धन अलि, ईजहार मिँया, अलिहुसैन धुनिया, समाजसेवी हाजी ईस्हाक मिँया, हाजी सैयद ईजहार मिँया, विभिन्न मदरसाका अध्यक्ष एवं प्रअ र विद्यार्थी तथा मुस्लिमहरुको सहभागिता रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

