Rashtriya Dainik

आज माेहम्मद जयन्ती, सांसद कण्डेलद्वारा शुभकामना व्यक्त

राष्ट्रिय दैनिक / २ कार्तिक

पुर्वगृहराज्य मन्त्री एवं नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद जयन्तीकाे अवसरमा शुभकामना व्यक्त गरेका गर्नुभएको छ।

पर्वले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सांसद कण्डेलले शुभकामना व्यक्त गर्नुभएको हाे।

“महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखी कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई हर्षोल्लासपूर्वक यो दिवस मनाउनु हुन सबैमा अनुरोध गर्नुभएको हाे।

मुस्लिम धर्मावलम्बीका प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लम जन्म दिन अर्थात् मोहम्मद जयन्तीका अवसरमा आज सरकारले मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक विदा पनि दिएकाे छ। 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित