Rashtriya Dainik

नेटवर्क विहिन बझाङ बासी भारिबर्षाले चैनपुर उच्च जाेखीम

उत्तमकुमार थापा/ बझाङ

लगातारको वर्षापछि आएको बाढिले बाउलीगाडमा रहेको बसपार्कको आरसिसी वाल बगाएपछि चैनपुरको नयाँ बसपार्क बगरमा परिणत भएको छ । आरसिसी बगाएपछि बसपार्क बगरमा परिणत भएसँगै बझाङ सदरमुकाम चैनपुर समेत जोखिममा परेको छ ।

बाढिले चैनपुरकाे ढुङ्ग्रीका घरहरू उच्च जाेखीममा रहेका छन भने सदरमुकाम चैनपुर बसपार्क नजिकै राखेका करिव ४ सय बढी बुङगर बगाएको छ ।अहिले लगातारको पार्निले क्षेति हुने देखिएपछि आ आफ्नाे सुरक्षामा जनसमुदाय मालसामान सारिरहेका छन । यसै गरि कालङगा नदिले बागथला बजार र प्रहरी चेकपोस्ट जाेखिम रहेकाे छ । चैनपुर मात्र नभएर जिल्लाका विभिन्न ठाउमा क्षति गरेको छ । बाढीले बिजुलीका पोल र सडक समेत बगाएको हुँदा विद्युत र जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित