Rashtriya Dainik

बेमौसमी बर्षाले थन्काउन लागिएको धानबालीमा व्यापक क्षति ,कृषक चिन्तित

उमेश बि.क / नवलपरासी , १ कार्तिक

धानबाली भित्र्याउने बेला पानी परेपछि पश्चिम नवलपरासीका कृषक चिन्तित भएका छन् ।

आइतबार देखि आएको हावाहुरी सहितको अविरल वर्षाले पाकेर काट्न तयारी अवस्थामा रहेको र काटिसकेको धानखेतमा क्षती पुर्‍याएको छ ।

धान काटेर खेतमै सुकाएको अवस्थामा परेको अविरल बर्षाले धानबालीमा क्षति गरेको हो भने, पाकेको धानखेतमा बर्षाले डुबान गरेको छ । वेगले आएको हावाहुरीले पाकेको सबैजसो धान ढलाएको छ ।

दशैं सकिएलगत्तै धान काट्ने योजना बनाएका कृषकलाई समस्यामा परेका हुन् ।

दशैंको बेला धान पाक्ने समय हुने र गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर, दुई दिनदेखि पानी परेपछि टीका सकिएलगत्तै धान काट्ने कृषकको योजना पूरा हुन पाएन ।

कतिपय ठाउँमा काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ भने धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको छ । काटेको धान पानी पानीले भिज्दा वर्षभरी खानसमेत समस्या हुने उनीहरूको गुनासो छ ।

मौसमको अवस्था बुझेर मात्रै धान भित्रयाउन कृषि विज्ञको सुझाव छ । मौसमविदहरुले अझै केही दिन मौसम यस्तो हुने बताएका छन् 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित