Rashtriya Dainik

चमनटोला मदरसाको नव-निर्मित भवन उद्घाटन

राष्ट्रिय दैनिक / नवलपरासी ,१ कार्तिक
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको वडा नं ५ चमनटोलामा अवस्थित रहेको जामिया इमाम अहमद रजा मदरसाको नव-निर्मित भवन उद्घाटन गरिएको छ ।

वि.स २०७३ सालमा स्थापना भएको मदरसाको नव-निर्मित चार कोठेे भवन आज एक उद्घाटन कार्यक्रम बिच उदघाटन गरिएको हाे।

मदरसाका व्यवस्थापन समिति अध्यक्ष मोहरम देवानले अध्यक्षता तथा पाल्हीनन्दन गा•पा का अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा स्तरिय सर्वदलीयको उपस्थितिमा रहेको थियोे ।

मदरसाको भौतिक विकासमा दुई कोठे भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत र दुई कोठे भवन पाल्हीनन्दन गा•पा को बजेटबाट मदरसाको निर्माण भएको जानकारी गराउदै मदरसालाई छोटो समय भित्र नै नमुनाको रूपमा स्थापित गर्ने लक्ष्य रहेको मदरसा प्रधानाध्यापक एवम् संस्थापक जुल्फेकार अहमदले बताउनु भएको छ।

मदरसाको कक्षा कोठा व्यवस्थापन तथा पानी टन्की जडान कार्यमा योगदान पुर्याएको सुनवल सामुदायिक विकास केन्द्रलाई भौतिक निर्माण कार्य गरेको पाल्हीनन्दन गा•पा लगायत वडालाई सम्मान गरिएको थियो भने मदरसाको थप विकास कार्यमा उपस्थित नेतागणले मन्तव्य राखेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित