Rashtriya Dainik

मोहम्मद जयन्तीकाे सरावलमा सार्वजनिक बिदा, अध्यक्ष चाैधरीद्वारा शुभकामना ब्यक्त

राष्ट्रिय दैनिक / नवलपरासी ,१ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले इस्लाम धर्मको महत्त्वपूर्ण पर्व मोहम्मद जयन्तीको अवसरमा मंगलबार सार्वजनिक बिदा गरिएको छ ।

अध्यक्ष चाैधरीले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पालिका अन्तर्गतका सम्पुर्ण मदरसा तथा मस्जिदबाट माेहम्मद जयन्तीको अवसरमा निकालिने र्यालि ब्यवस्थित तरिकाले स्वास्थ्य सतर्कता अपनाई चाडपर्व मनाउन गाउँपालिका बासी संग अपिल गर्नुभएको हाे।

ईस्लाम धर्मका प्रवद्र्धक पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४९६ औं मोहम्मद जयन्ती मंगलबार २ गते हर्षाेल्लासका साथ मनाईँदैछ ।

जयन्तीको खुशीयालीमा मुस्लिम समुदायले र्याली तथा विभिन्न धार्मिक कार्यक्रम गर्दै आएका छन् ।

इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअब्बल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । 

साे अवसरमा भोलि सरावल गाउँपालिका कार्यालयसहित मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा अन्य सार्वजनिक संघ संस्थाहरु बन्द रहने गरि विदा दिइएको गाउँपालिकाले जनाएको छ ।

✍️✍️उमेश बि.क✍️✍️✍️

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित