आश्विन ३१, २०७८ एजेन्सी
नयाँदिल्ली — भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सेना, प्रहरीसहित स्वयंसेवकहरुको टोली उद्वारका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । आइतबार ती क्षेत्रमा स्थानीयहरु पनि उद्वारमा खटिएका छन् । बाढी प्रभावित क्षेत्रबाट महिला र बालबालिकासहित ३३ जनाको उद्वार गरिएको राष्ट्रिय प्रकोप उद्वार बलका अधिकारीहरुले जनाएका छन् ।
मौसम विज्ञान विभागका अनुसार विभिन्न ११ जिल्लालाई भारी वर्षाको खतरा उन्मुख क्षेत्रमा सूचीकृत गरिएको छ । प्रकोपको अवस्थाबारे छलफल गर्न शनिबार साँझ मुख्यमन्त्री पिनारायी विजयानले बैठक बोलाएका थिए । साथै उनले अलपत्र परेकाहरुलाई उद्वारका लागि सरकारले हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले राहतको व्यवस्था गर्नेसमेत बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

