असोज ३१, २०७८ आइतबार
रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका ५ भोर्लेकाे डाँडाटोलमा श्रीमानले ‘लात्तीले हान्दा’ आँगनमा बजारिएर श्रीमतीको ज्यान गएको छ ।
घरायसी विवाद हुँदा ७६ वर्षका बुधे गाङताङले आज आइतवार बिहान साढे ११ बजेको समयमा ६१ वर्षीया श्रीमती बाटुलीलाई लात्तीले हानेका थिए । श्रीमानले लात्तीले हानेपछि बाटुली आँगनमा बजारिएर गम्भीर घाइते भएकी थिइन् ।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट पाँच जनाको टोली खटिएर बाटुलीको घर पुगेको थियो । घाइते भएकी बाटुलीलाई एम्बुलेन्समार्फत त्रिशूली अस्पताल पुर्याइएकाेमा परीक्षणपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बाटुलीका श्रीमानलाई प्रक्राउ गरिएको जानकारी दिनुभयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

