Rashtriya Dainik

बंगलादेशमा किन भड्कियो हिंसा ? हिन्दु समुदायका घर पसल निशानामा !

काठमाडौं । बंगलादेशमा दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि देशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनका क्रममा आज ढाकामा थप एकजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरहरुमा उल्लेख छ । यस्तै कयौँ गाडीमा तोडफोड र आगजनी भएका छन् । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएका छन् ।

उनीहरुले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप समेत लगाएका छन् ।

गएको बुधबार एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको बीबीसीले जनाएको छ । सोही दिननै त्यहा ४ जनाको मृत्यु भएको थियो ।

हिंसा फैलिएपछि गृह मन्त्रालयले २२ वटा जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रधानमन्त्री हसिनाले घटनामा संलग्नलाई कारबाही हुने बताउदै आएकी छन् । उनले संयमितता अपनाउन पनि आग्रह गरेकी छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित