भैरहवा । रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ बर्षिय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।
कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुईमोहानमा मुर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राती भारतीय गोताखोरले निकालेका थिए । शसस्त्र प्रहरी र नेपाल प्रहरीले राती सम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिईएको थियो ।
भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरु नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाई बुझाई शव भैरहवा भिम अस्पतलामा ल्याई पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिए ।
दुर्गा मूर्ति बिर्सजनको क्रममा प्राय वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसै गरि मृत्यु भएको थियो । बिर्सजनलाई लिएर प्रहरीले उच्च सर्तकता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ।
✍️✍️राधेश्याम बिश्वकर्मा ✍️✍️
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

