काठमाण्डौं । भारतका कप्तान सुनिल क्षेत्री १३औं संस्करणको साफ च्याम्पियनसिपको मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका छन् । शनिबार भएको साफ च्याम्पियनसिपमा नेपाललाई हराउँदै आठौ पटक साफ च्याम्पियन बनेको भारतीय फुटबल टोलिका कप्तान सुनिल क्षेत्री प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी अर्थात सबैभन्दा मुल्यवान खेलाडी भएका हुन् । साफ च्याम्पियनसिपको कुल ५ खेलमा ५ गोल गरेका सुनिलले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेका छन् । च्याम्पियनसिपमा माल्दिभ्सका अलि अस्फाकले चार खेमाल ३ गोल गरेका थिए भने नेपालका अञ्जन विष्टले चार खेलमा २ गोल गरे । यस्तै नेपाललाई फाईनलमा ३–० गोल अन्तरले हराउँदै साफ च्याम्पियन बन्दा सुनिलले गरेको एक गोल र भुमिकाका लागि उनी म्यान अफ दि फाईनल म्याच समेत बने । यस्तै च्याम्पियनसपको फेयर प्ले अवार्ड भने आयोक राष्ट्र माल्दिभ्सले प्राप्त गरेको छ । सुनिलले नेपालबिरुद्ध एक गोल गरेसँगै उनले अर्जेन्टाईन लिजेण्ड फुटबलर लियोनल मेस्सीको ८० वटा अन्तराष्ट्रिय गोल संख्याको बराबरी समेत गरेका छन् । भारत लिग विजेताको रुपमा फाईनलमा पुगेको थियो । लिग चरणमा पनि भारतले नेपाललाई १–० गोल अन्तरले हराएको थियो । च्याम्पियन बनेको भारतले ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर पाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।