पोखरिया ३० असोज
पर्सा जिल्लाको पोखरिया नगरपालिकाको वडा नं.४ पोखरियामा अाज कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।बिजया दशमीको अवसरमा नव दुर्गा पुजा समिति पोखरियाले अायोजना गरेको कुशती प्रतियोगिता लाई उदघाटन गर्दै प्रमुख अतिथि रहनु भएका भौतिक पुर्वधार बिकास निर्माण यातायात मन्त्री राम सरोज यादवले फिता काटी र पहलवानहरुलाई हाथ मिलाएर उदघाटन गर्नु भएको थियो। मन्त्री यादवले उदघाटन गर्दै भने कुशती प्रतियोगिताबाट देश बिदेश र समाज को नाउँ चिनाउनको साथै शरिरिक र मस्तिकको बिकास हुने गर्छ साथै कुशती खेलबाट स्फुर्ती र निरोगी हुने बताए ।कुशती खेल माथी सरकारको कुनै ध्यान नरहेकोले लोपत हुने अवस्था देखिएकोले कुशती खेल लाई जिउदो राखन प्रदेश सरकार बाट सहयोग गरिने र संघिय सरकारमा पहल गरिने बताए कुशती खेल प्रतियोगिता मधेश र मधेशी हरु को सान रहेको बताए । कुशती खेल प्रतियोगिता लाई सहयोग गरि मधेश र मधेशी को सान लाई कायम गरिने बताए ।नव दुर्गा पुजा समिति पोखरिया ले अायोजना गरेको कुशती खेल प्रतियोगिता पोखरिया नगरपलिका वडा नं ४ का वडाअधयक्ष लक्ष्मण साह को अध्यक्षता भएको कुशती खेल प्रतियोगिता मा जलस्रोत थथा उर्जा सिचाई मन्त्री अोमप्रकास शर्मा, प्रदेश सभासदस्य पहलाद गिरी , पोखरिया नगरपालिका को मेयर दिपनारायण रौनियार,जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ ,पोखरिया नगरपालिका उपमेयर सलमा खातुन, नेपाली कांग्रेस पर्सा का सभापती अजय दुबेदी, संविधान सभा सदस्य राजकुमार गुप्ता ,रामेश्वर रौनियार ,प्रधुमन चौहान, लोजपा का नेता नजामुदिन समानी, वडाअधयक्ष किशोरी साह , रामबाबु चौहान ,नेपाली कांग्रेस का युवा नेता ंश्याम पटेल ,सकिम मियाँ , श्रीकिसुन चौहान,युवा समाज पोखरिया का नौसाद अालम, समाजसेबी गोलु अालम, लगायत को हजारौ को सहभागिता रहेको थियोे ।कुशती खेल प्रतियोगिता मा नेपाल भारत को सयौ को संख्या मा महिला पुरुष पहलवान हरु ले भाग लिएको र थियो । कुशती खेल प्रतियोगिता मा नेपाल का बसंत थापा ,पारस थापा,, नवलपरासी को दशर्थ त्यागी बाबा, पोखरिया का टाईसन यादव, मिर्जापुर, श्रीसिया,वर्वा, र भारत का दिल्ली,पंजाब, हरियाणा, पडरौना, गोरखपुर पप्पु पहलवन,रामबली पहलवान बनारसका संजय पहलवान लगायत सयौ को संख्या मा सहभागिता रशेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

