असोज ३०, २०७८ शनिबार
काठमाण्डाै – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको छ ।
गएराति नारायणगढबाट काँकडभिट्टाका लागि छुटेको ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हेटौँडा–१५ बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
मोटरसाइकलका चालक को हुन् भन्ने खुलेको छैन । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

