Rashtriya Dainik

साफ च्याम्पियनसिपको फाइनल खेल आज, नेपाललाई इतिहास रच्ने मौका

असोज ३०, २०७८ शनिबार
काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुनेछ ।

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो ।

नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ । तर, आजको खेल जित्न भने कठिन छ ।

नेपालले आज भारतसँग यस अघिको खेलमा गरेको गल्ती सुधार्नु पर्ने हुन्छ । आजको खेल नेपाललाई भारतसँग बदला लिने अवसर समेत हुनेछ ।

यस अघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल जितेर इतिहास रच्ने सुनौलो अवसर खेर जान नदिने बताएका छन् ।

उनले आजको खेल आफूहरुका लागि ठूलो खेल भएको भन्दै ऐतिहासिक लक्ष्य प्राप्तिमा मात्र एक जित टाढा रहेको बताएका छन् । उनले आजको खेलमा समूह चरणमा भारतसँगको खेलमा गरेको गल्ती पनि सुधार्ने बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित