राजन कुमार बानिया
पर्सा २९ असोज
प्रसिद्ध एतिहासिक पर्यट्किय एव धार्मिक स्थल पर्सा जिल्ला छिपहरमाई गाउँपालिकाको बंजारीमा रहेको छिपहरमाईमा आज बिजया दशमीको अवसरमा
मेला लागेको छ । पर्सा जिल्लाको
मेला मध्ये यो दशमीको दिन मेला यहा सदियो देखी लागदै
आईरहेको छ। पहिला यो मेला बिजया दशमीमा र चैतनमी को लागने गर्छ।
शुक्रबार बिजया दशमीको अवसरमा दशमी को दिन छिपहरमाई को मेलामा भारतिय क्षेत्रको मुख्य बजार सिकटा , मैनाटाड, बेतिया , नरकटियागंज,रामनगर,बागहा,रक्सौल, मोतिहारी ,लौरिया, र नेपाल को बारा पर्सा ,रौतहट लगायत को स्थान बाट भक्तजनहरु ले पुजापाठ को लागी घुईचो लागेको थियो। यो मेला को मुख्य आकर्षणको केन्द्र घटस्थानको दिन देखि यस्टयाम सुरु भएको र नवमी को दिन समपन भएको थियोे र दशमी को दिन पुजापाठ्य ,चुनरी, प्रसाद ,कराही,
र यहाँ रंगा बोका परेवा लगायतका बली पनि चढाउने चलन रहेको छ ।छिपहरमाई जगताको रुपमा रहेको ले भक्तजन हरुले अाफ्नो मनमा राखेको कुरा पूरा भईसकेको ले अाफ्नो भाखेको कुरा लयाउने गर्छ। मनोकामना पुर्णभएपछी महिला भक्त जन हरु ले अाफ्नो
अांचलमा नेटुवाको नाच नचाउने गर्छिन ।
बिहानै देखी श्राधालु भक्तजनहरुले छिपहरमाई मन्दिर परिसर र
पुजापाठ र कराही चढाउन को लागि घुईचो लागेका छन । यस्को सम्बन्ध मा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले भने छिपहरमाई को मेला कसैले लगाउदैन त्यस्तै लागने गर्छ । यहाँ त लाखौ को संख्या मा भक्तजन हरु ले अाउने गर्छन सबै भक्तजन हरु को मनोकामना पुर्ण हुन्छ त्यसै कारण माता को स्थानमा अाएर पुजापाठ गर्छन । यहाँ हाम्रो गाउँपालीका जनता हरु को सहयोग ले र । छिपहरमाई को मेला मा सुरक्षा मा खटिएको सशस्त्र प्रहरी बल,बोर्डरअाउट पोस्ट , बंजारी प्रहरी चौकी, को सुरक्षाकर्मी हरु र स्थानिय स्वमसेवक हरु लाई परिचालन गरेको थियोे । त्यसैगरी अाज धोबनी गाउँपालिका लंगडी मा रहेको छिपहरमाई र बखरि मा रहेको पोखरी माई को मंदिर मा अाज मेला लागेको थियोे ।बिहान देखि पुजाअर्चना को लागि घुईचो लनगे को थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

