उत्तमकुमार थापा बझाङ
बझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर ४ मा रहेको कालिका भगवती मन्दिरमा पुजाआरधना भव्यरुपमा गरिएको छ ।
यहीँ असाेज २१ गतेका दिन नवरात्रिका दिन जमरा राखेर भव्यरुपमा मनाईदै आईरहेकाे मन्दिरमा भाेली जमरा गाडेर घरघर लिएर लगाउने चलन रहेको वडा नम्बर ४ का अध्यक्ष कलक बहादुर बाेहराले बताउनु भयाे ।
हिन्दुहरुकाे महान चाड पर्व विजया दशमी तथा शुभ दिपावलीकाे पावन अवश्वरमा कालिका मन्दिरमा निकै पुजाआरधना गरि भक्तजनहरुले साेचेकाे पूरा हुने भएको हुदा विभिन्न स्थान बाट पुजा गर्न आउनेकाे भिड लाग्ने गरेकाे पाईन्छ ।
नवरात्रि कालिका भगवतीले अष्टलक्ष्मीका दिन याहाँ बाेका सहित विभिन्न बलि चढाउने गरेकाे पाईन्छ यसरी पुजा गरेपछि भक्तालुजनहरुले चिताएकाे पूरा हुने गरेकाे र राम्रो हुने गरेकाे अध्यक्ष बाेहराले बताउनु भयाे । भाेली मात्र मन्दिर बाट आफ्नाे आफ्नाे घरघरमा जमरा लिएर सुभसाईतमा टीका जमारा गरिने छ । टीका जमारापछि त्याहाकाे कला सस्कृतिकाे जगेर्ना गर्नकाे लागि डेउडा,ठाडीभाका लगाउने र उचित सम्मान गरिने बाेहराले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

