वीरगंज असोज २८ गते बिहीबार
पर्सा प्रहरीले एलपी ग्यास बोक्ने टयाङ्करवाट लागू अौषध गाँजा १२० केजी बरामद गरेको छ।
प्रहरीले वीरगंज महानगरपालिका १७ वडा अलौ स्थित रहेको अाईसिपी (icp)को गेटमा संकास्पद अवस्थामा एलपी ( LP ) ग्यास बोकेको रोकी राखिएको ट्याङ्क रितपुर्बक चेक जाँच गर्दा ऊक्त ट्याङ्कर चालक बस्ने क्याबिन भित्र लुकाई छुपाई राखेको १२० केजी गाँजा सहित ट्याङ्कर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे बताउनुभयो ।

पक्राउ परेको भारतीय नम्वर NL01K0754 नम्वरको ट्याङ्कर सहित गाँजा नियन्त्रणमा लिई लागू अौषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको र साथै सो ट्याङ्कर चालक तथा ट्याङ्कर धनीलाई पहिचान गरि खोजतलाश गर्ने लगाएतको अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक पाणडेले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

