Rashtriya Dainik

सार्वजनिक जग्गा कब्जाकाे चक्करमा गयाे सरावल निवासी सहानिकाे ज्यान

राष्ट्रिय दैनिक / २७ असाेज

बुटलकाे माेतिपुरमा सार्वजनिक जग्गा कब्जाकाे चक्करमा सरावल निवासी केशव सहानिकाे ज्यान गएको छ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष ४५ काे केशव सहानिकाे बुटवलको मोतीपुरमा झडपमा परी मृत्यु भएकाे हाे ।

अवस्था सामान्य रहेको सहानि बुटवलमा जग्गा वितरण भइरहेको सुनेर अाफुहरु गएको उनका श्रीमति बताउछिन ।

जग्गाकाे लाेभमा गाउँका अन्य ब्यक्तिहरु संगै अाफुहरु गएको र करिब १ हप्तासम्म साेहि क्षेत्रमा बसेकाे बताउछिन ।

आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको दाेहाेराे झडपमा परि मृत्युु भएको हाे। सहानिलाई चार गाेलि लागेकाेले उपचारको क्रममा मृत्युु भएको परिवारिक स्राेतले जानकारी दिइएको हाे।

सोमबार सनाखत भएकामध्ये रुपन्देहीको शुद्धोधन ५ का विरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाटका बस्ने यूजन कुमाल रहेको प्रहरीले जनाएको छ।

आइतबार मृत्यु भएका चार जनामध्ये कपिलवस्तु बाणगंगा १० का ४८ वर्षिय रमेश परियारको पहिचान आइतबार नै भएको थियो।

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरि बसेकाहरु र सुरक्षाकर्मी विच भएको झडपमा परी प्रहरी र अतिक्रमणकारी अझै घाईते छन्।

घाईतेहरुको उपचार भई रहेको छ भने ६ जनाको स्थीत गम्भिर भएका कारण हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार औद्योगिक क्षेत्रको जग्गामा विभिन्न जिल्लाबाट आएकाहरुले कब्जा गरेर बस्न थालेपछि उनिहरुलाई त्यहांबाट बाहिर निकालेर अहिले सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिएको छ।

कपिलवस्तु र नवलपरासीबाट समेत दंगा प्रहरी मोतिपुर क्षेत्रमा तैनाथ गरिए सार्वजनिक जग्गा कब्जा गरेर बसेकाहरु घटनास्थल वरपर देखिएका छैनन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित