Rashtriya Dainik

सामाजिक कार्यमा अगाडी बढदै युवा नेता ब्रहमानन्द लाेहार

नवलपरासी , २७ असाेज । नेपाली कांग्रेसका स्थानिय युवा नेता ब्रहमानन्द लोहारले दुर्गादेवीको मुखको पट्टी खोली पुजा अराधना गरेका छन् । जिल्लाको पाल्हीननदन गाउँपालिका वडा ३ काे विभिन्न स्थानमा स्थानिय दुर्गा समितिहरूद्धारा राखिएको दुर्गा देवीको मुर्तिमा बाँधिएको पट्टी सप्तमीको तिथिमा साँझ खोलेर युवा नेता लोहारले उद्दघाटन गरि पुजा आराधना गरि बिजया दशमी,शुभदिपावली तथा छठपर्वकाे शुमकामना समेत व्यक्त गर्नु भएकाे छ ।

दुर्गा पुजा एवं उद्दघाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका युवा नेता लोहारले यस क्षेत्रको सामाजिक कार्यमा आफुँ आर्थिक र भौतिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । नेपाली कांग्रेसको भातृत्व संगठन नेपाल तरुण दलाके विभागिय केन्द्रिय समेत रहेका युवा नेता ब्रहमानन्दन लोहारले धार्मिक क्षेत्रको संरक्षण र हिन्दु समुदायको सांस्कृतिलाई संरक्षण गर्दै सामाजि एकताको बाटोमा अगाडी बढन आवश्यक रहेको कार्यक्रममा जिकिर गर्नु भयो ।

युवा नेता लोहार पछिल्लो समय सामाजिक कार्यमा निकै चाँसो देखाउदै सामाजिक काम गर्दै आउनु भएको छ । स्थानिय नेता लोहार विगतकाक समयदेखि नै पालिका गरिबदुखिया र विभिन्न सामाजिक तथा धार्मिक कार्यमा आर्थिक सहयोग समेत गर्दै आउनु भएको छ । यतिबेला लोहार आफनो सामाजिक कार्यले पालिकाभरि निकै चर्चित भएका छन् । दुर्गापुर्जा कार्यक्रममा नेपाली कांग्रेस वडा ३ का ईकाई सभापति मोहन गोसाई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित