Rashtriya Dainik

भारतीय जनता पार्टी नेता विजय जौली सँग सांसद हरिनारायण रौनियारको भेटवार्ता

पर्सा २७ असोज
भारत भ्रमणमा रहेको जनता समाजबादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियार भारतीय जनता पार्टी नेता विजय जौली सँग
भेटवार्ता गरेक छ ।

भारतीय जनता पार्टी नेता विजय जौली सँग भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र सबैभन्दा नजिकको छिमेकी र खुला सीमाका कारण नेपाल र भारतबीच केही समस्या देखिए पनि अब विश्वासमा आधारित सन्तुलित सम्बन्धलाई बलियो बनाउनेबारे छलफल भएको सांसद हरिनारायण रौनियारले जानकारी दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित