तेलि कल्याण समाज नेपाल बिरगंज पर्सा परिवारद्वरा गहवामाई मेलामा सयकडो भक्तजनहरुलाई जलपानमा भुजा, चाना र पानी वितरण गरिएको छ ।
हरेक साल झै यस बर्ष पनि बिरगंजको प्रसिद्ध गहवामाई मेलामा आउने भक्तजनहरुको भोक र प्यास्को मध्यनजर गरि मानव सेवाको लागि माईस्थान चौकमा जलपानको ब्यवस्था गरिएको युवा नेता शिव कुमार साहले बतए ।
बिरगंज माईस्थान स्थित बाके बिहारी साह तेलिको घर (एनसेल सेन्टेर) अगाडि सडक किनारमा स्टल राखी आवत जावत गर्ने भक्तजनहरुलाई जलपान वितरण गरिएको हो । तेलि समाजको दाताहरुको सहयोगले विभिन्न मानव कल्याणका कार्यक्रम गर्दै आएकोमा ती दाताहरुलाई धन्यवाद दिदै आउने दिनमा यस्ता समाज सेवाको कार्यक्रमलाई निरन्तरता दिने केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह तेलिले बताए ।
जलपान वितरण कार्यक्रममा तेलि कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह तेलि, संविधान सभा सदस्य रामचन्द्र साह तेलि, जिल्ला अध्यक्ष धुर्व साह तेलि, लक्षुमण साह तेलि, गमहिरा साह तेलि, प्रेम साह तेलि, शिव कुमार साह, अमलेश साह तेलि लगायत तेलि युवाहरू स्वयंसेवक रूपमा सहयोग गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

