Rashtriya Dainik

नेकपा एमालेद्वारा धोबिनी गाउँपालिकाका भक्तजनहरुलाई प्रसाद र नगद सहयोग

राजन कुमार बानिया/पर्सा २६ असोज
नेकपा एमाले अाज पर्साको धोबिनी गाउँपालिकामा भईरहेको दुर्गा पुजा ,एव नवरात्र गरिरहेका पंडालमा पुगी नगद सहयोग गरेका छन। बिजयादशमीको अवसरमा दुर्गा पुजा र नवरात्री रहेका भक्तजन हरुलाई पुजा पाठ्य गर्नको लागि केही नगद समेत बितरण गरिएको नेकपा एमालेका युवा नेता संतोष पटेलले जनाएका छन। धोबिनी गाउँपालिका नेकपा एमालेका नेता कार्यकर्ता हरुले मोटरसाइकल रैली सहित गाउँपालिकाको पाचै वडा लंगडी ,बखरी, गुलरिया, हरिहरपुर, भिखमपुर, घोडदौरापिपरा , अास्वारी धोबिनी, जगरनाथपुर लगाएतमा भई रहेको दुर्गा पुजा, र नवरात्रीका भक्तजनहरु संग भेटघाट गर्दै नगद बितरण गरिएको छ । बितरण कार्यक्रममा नेकपा एमाले का जिल्ला सदस्य सुरेश पटेल, सदाम अहमद, अमिका प्रसाद कुर्मी, संतोष पटेल, बिरेन्द्र साह,सुनिल गुप्ता, अबास मियाँ , एनुल मियाँ , लगायत सयौको संख्यामा मोटरसाइकल र नेता कार्यक्रता हरुको सहभागीता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित