Rashtriya Dainik

मोतीपुर झडपमा मारिएकाको परिवारलाई ५ लाख राहत,५० हजार किरिया खर्च सिफारिस

रुपन्देही । आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक कोरिडोरमा परि ज्यान गुमाउनेको परिवारलाई नेपाल सरकारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक बिज्ञप्ती जारी गर्दै राहत बारे जानकारी गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बिज्ञप्ती जारी गर्दै नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रति परिवार ५ लाख र प्रदेश सरकारका तर्फबाट प्रति परिवार १ लाख प्रदान गर्न सिफारीस भएको जनाएका छन ।

पाण्डेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सबै घाइतेहरुको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारीस गरेको जनाईएको छ । जिल्लाका राजनीतिक दलहरुसँग सोमबार भएको समन्वयात्मक बैठकबाट घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट समेत गरेको छ । साथै जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गराउने कार्यमा सबैमा जिल्ला प्रशासन कार्यालयले अपिल समेत गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित